असार २८, सोलुखुम्बु । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।
मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Discussion about this post