असार २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु आउँदो असार ३२ गते ‘पूर्ण खोप घोषणा जिल्ला’ तथा ‘दिगोपना जिल्ला’ को रुपमा घोषणा गरिने भएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता कायम गरेपछि यस्तो घोषणा हुन लागेको हो ।
प्रमुख तिवारीले जानकारी गराएअनुसार सबै पालिकामा खोप सेवाको पहुँच सुनिश्चित गरिँदै सबै योग्य नागरिकलाई आवश्यक सबै खोप लगाउने कार्य सम्पन्न भइसकेको छ । यससँगै जिल्लाले ‘पूर्ण खोप सुनिश्चितता पालिका’ को मापदण्ड पूरा गरेकाले अब जिल्लालाई नै औपचारिक रूपमा पूर्ण खोपयुक्त तथा दिगोपना जिल्ला घोषणा गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानको सफल कार्यान्वयनमा स्थानीय तह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न साझेदार संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । आउँदो असार ३२ गते विशेष कार्यक्रममार्फत जिल्लालाई औपचारिक रूपमा घोषणा गरिने बताइएको छ । यो घोषणा सोलुखुम्बुको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि मानिएको छ ।
Discussion about this post