जेठ १९, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ स्थित ह्वाइट हिल्स बोडिङ स्कूलबाट १५ वर्ष भन्दा मुनिका प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताका लागि ३ जना खेलाडी छनोट भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन हुन गइरहेको प्रतियोगिताका लागि ३ जना खेलाडी छनोट भएका हुन् ।
जस्मा कक्षा १० मा अध्ययनरत छात्र रोमी तामाङ, सुजन कार्की र कक्षा ९ मा अध्ययनरत छात्रा विनिता राई छनोटमा परेको ह्वाइट हिल्स बोडिङ स्कुलका प्रध्यानध्यापक सन्तोष सुब्बाले जानकारी दिनुभयो । माउन्ट एभरेष्ट इङ्लिस विद्यालयकी छात्रा सुभेक्षा राजभण्डारी गरी सोलुखुम्बु जिल्लाबाट ४ जना खेलाडी छनोट भएका छन् ।
यस्तै वैकल्पिक खेलाडीका लागि महिला तर्फ रेसिका बस्नेत र पुरुष तर्फ विप्लव राई छनौटमा परेको छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जेठ ३० देखि ३२ गतेसम्म खेल सञ्चालन हुने जिल्ला ब्याडमिन्टन सघं सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post