Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा काेशीका जिसस प्रमुखहरूको भेला, प्रदेश प्रमुख खापुङ प्रमुख अतिथि 

Radio Everest by Radio Everest
June 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १९, सोलुखुम्बु ।  खोटाङमा कोशी प्रदेश स्तरीय १ दिने सङ्घीयता सुदृढीकरण तथा संविधान कार्यन्वयन विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  शनिवार कोही प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति खोटाङमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति महासङ्घका तथा कोशी प्रदेश र जिल्ला समन्वय समिति खोटाङको व्यवस्थापनमा जिल्ला समन्वय समिति महासंघ नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा सम्पन्न गोष्ठीमा कोशी प्रदेशका १४ ओटै जिल्लाका जिसस प्रमुख तथा अन्य बिभिन्न जिल्लाका प्रमुखहरूको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख तथा जिसस महासंघ कोशीका अध्यक्ष कमल थुलुङ राईको सभापतित्वमा    सम्पन्न गोष्ठीमा  जिसस महासङ्घको भूमिकालाई कानूनमा प्रष्ट व्याख्या गर्न अनुरोध गरिएको छ ।

  कार्यक्रममा जिल्ला समन्वय समितिलाई आईटी अफिसरको  व्यवस्था मिलाउन प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने ,  जिल्ला समन्वय समितिमा उठेका आन्तरिक आम्दानी आफै खर्च  गर्न पाउने लगायत अन्य व्यवस्थाको माग राखिएको छ । यस्तै गोष्ठीमा प्रदेश सरकारको मातहतमा रहेका जिल्ला स्थित कार्यालयहरूको  संयोजन  गर्न जिल्ला समन्वय समितिलार्ई नेतृत्व दिन अनुरोध  गर्ने,  जिल्ला समन्वय समितिमा  रहेका कर्मचारी, दरबन्दी खाली भएकोले कर्मचारीको व्यवस्थापनका लागी अनुरोध गर्ने,  लागायतका मागहरु उठेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सन बहादुर राईले बताउनुभयो ।  

कार्यक्रममा महासंघ केन्द्रीय अध्यक्ष एवं जिसस सुनसरी प्रमुख राजन मेहताले राज्य प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले नभएर  कर्मचारीहरूले चलाएको बताउनु  भयो । कार्यक्रममा संविधान सभा सदस्य विज्ञ माननीय हरि रोक्काले संविधान कार्यन्वयन गर्नु जिसस प्रमुखहरूको दायित्व रहेको बताउनु भएको थियो ।  यस्तै  जिल्ला समन्वय समिति खोटाङ प्रमुख एवं  महासङ्घका  केन्द्रीय  कोषाध्यक्ष समेत रहनु भएका सन बहादुर रार्ईले दुई तहको चुनाव जितेर आएको प्रतिनिधिलाई जनतासँग प्रत्यक्ष सम्पर्कमा काम गर्ने अवस्था नभएको टिप्पणी गर्नुभएको छ ।

कार्यक्रममा  केन्द्रिय उपाध्यक्ष रूकुम पश्चिम जिसस प्रमुख लुम्बिनी गौतम, महासंघ महासचिव सिराहा जिसस प्रमुख अशोक कुमार घिमिरे, कोशी प्रदेशका सबै  समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय अधिकारीहरू दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थ राज भट्टराई, प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की लगायतको उपस्थिति थियो । 

Previous Post

ब्याडमिन्टन खेलका लागि ह्वाइट हिल्स सेकेण्डरी बोडिङ स्कूलबाट ३ जना र माउन्ट एभरेष्ट इङ्लिस सेकेण्डरीबाट १ जना छनोट

Next Post

सोलुदुधकुण्ड नगरपालिका २ मा ५ दिने उद्घोषण तालिम सम्पन्न

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly