असार ३१, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नागरिक सुनुवाई कार्यक्रममा अधिकांश सरोकारवालाले सेवा प्रति सन्तुष्टि जनाएका छन् । रेडियो एभरेष्टको सहजिकरणमा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि सरोकारवालाले सोलुखुम्बुमा प्रहरीको सेवा जनमुखि भएको भन्दै प्रशंसा गरेका छन् । प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बर्ष भरिको सेवा प्रवाहको अवस्था र उपलब्धिको बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो ।
सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङले प्रहरीले जनताको सेवामा अधिक्तम सहकार्य गरेको भन्दै शान्ति सुरक्षा र अमनचयन कायाम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको धारणा राख्नु भयो । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले शान्ति सुरक्षा कायाम गर्ने आफुहरुको प्राथमिक्ता रहेको भन्दै नागरिकको गुनासो सुन्दै अधिक्तम सम्बोधन गरिएको बताउनु भयो । प्रजिअ घिमिरेले शान्ति सुरक्षा र शुसासन प्रबर्धनको काममा आफुहरु अनवरत क्रियाशिल रहेको उल्लेख गर्नु भयो ।
प्रहरी निरिक्षक लोकबहादुर दयालीले स्वागत मन्तब्य राख्दै कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहभागि राजनैतिक दलका प्रतिनिधि, ब्यवशायी, महिला अधिकारकर्मी लगायतले शान्तिसुरक्षाको बारेमा विभिन्न सवालहरु उठाएका थिए ।
Discussion about this post