साेलुखुम्बु । खोटाङका सिडियो नरहरि घिमिरेको सरुवा भएको छ । गृह–मन्त्रालयले हाल प्रमुख जिल्ला अधिकारीकोरुपमा कार्यरत घिमिरेको सरुवा गर्दै सह–सचिव कल्पना श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने निर्णय गरेको छ । मन्त्रालयले असार ३१ गते घिमिरेलाई अध्यगमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थलमा सरुवा गर्ने निर्णय गरेको छ । गृह–मन्त्रालयमै कार्यरत सह–सचिव श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा खोटाङ पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत रहेको अवस्थामा घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारीकोरुपमा खटाइएका थिए ।
Discussion about this post