साउन १, सोलुखुम्बु । आज देशका सबै प्रदेशमा हल्का पानी पर्ने मौसम पुर्वानुमान महाशादखाले जनाएको छ । सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Discussion about this post