साउन ४, सोलुखुम्बु । भारी वर्षातका कारण दिक्तेल गाइघाट सडक खण्ड बन्द भएको छ । खोटाङको दिक्तेलबाट महुरे राजापानी, रेग्मीटार हुदै रसुवा पुग्ने क्षेत्रको रेग्मीटार बाट टुवाखोला बिचमा बाढीले सडक बगाएपछि दिक्तेल गाइघाट सडक खण्ड बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार रेग्मीटार देखी टुवाखोला विचको करिव ५ ठाउँमा वर्षात पछि आएको भलले सडक पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । साे सडक खण्ड बिग्रिएपछि हाल सवारी साधन सञ्चालन हुन नसकेको जनाइएको छ ।
Discussion about this post