साउन ४, सोलुखुम्बु । सोलुखुम्बुका युवकको चट्याङ लाग्दा ओखलढुंगामा ज्यान गएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ घर भएका ३० वर्षिय चन्द्र राईको ओखलढुंगाको चिसंखुगढी गाउँपालिका १ कुइभिरमा चट्याङबाट ज्यान गएको हो । कामको सिलसिलामा खोटा हिँडेका राई बर्षात भएपछि कुईभिर स्थित फुपुको घरमा बास बस्न पुगेका थिए । वर्षात सँगै चट्या परेपछी मिटरबक्स बन्द गर्न निस्किएका राईलाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज कार्कीले जानकारी दिनुभयो ।
Discussion about this post