साउन ९, सोलुखुम्बु । खोटाङमा कुटपिटबाट १९ वर्षीय युवा घाइते भएका छन् । जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाका ६८ वर्षीय हजुरमणी राईले सोही ठाउँका १९ वर्षीय राजन राईलाई कुटपिट गरेर घाइते बनाएका हुन ।
सामान्य विवादले उग्र रूप लिँदा उनिहरुबीच कुटपिटको थियो । कुटपिटबाट राजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । विहीबार राती करिव ७ः३० तिर कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागी शुक्रबार बिहान जिल्ला अस्पताल खोटाङ ल्याइएको थियो ।
जिल्ला अस्पताल खोटाङले थप उपचारका लाग उनलाई काठमाण्डौ रेफर गरिदिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कुटपिट बाट घाइते भएका राईको अनुहार तथा टाउकोमा चोट लागेको छ भने उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ । कुटपिटमा संलग्न हजुरमणी राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।
Discussion about this post