साउन १०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ बेनीले विद्यार्थी एवं शिक्षकहरूको स्वास्थ्य परिक्षण तथा रक्त समुह पहिचान गरेको छ । वडाले आफ्नो हाता भित्र रहेका विद्यालयहरूमा गएर विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परिक्षण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । स्वास्थ्यकर्मीहरूको सहयोगमा विद्यालयमा गए विद्यार्थीहरूको रक्त समुह पहिचान गरि आपतकालीन अवस्थामा आवश्यक पर्दा सहज होस भनेर रक्त समुह स्कृनिङ कार्ड समेत वितरण गरिएको छ । गत आर्थिक वर्ष देखीनै वडाले विद्यार्थीहरूको स्वास्थ्य परिक्षण कार्यक्रम गर्दै आएकोमा यस वर्ष भने रक्त समुह पहिचान समेत गरिएको वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले बताउनुभयो ।
Discussion about this post