साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–७ देलभयका दिनेश राई र सोनी राईका साढे तीन वर्षीय छोरा दिप्सन राई जटिल स्वास्थ्य समस्याबाट जुधिरहेका छन् । बोन म्यारो र मिर्गौलामा समस्या देखिएपछि विगत छ महिनादेखि उनी काठमाडौंस्थित बाल अस्पतालमा उपचाररत छन् ।
चिकित्सकका अनुसार दिप्सनको पूर्ण उपचारका लागि बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्नेछ, जसको लागि अनुमानित ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ । तर, आर्थिक अभावका कारण दिप्सनको उपचारमा समस्या आइरहेको छ ।
राई परिवारले हालसम्म सक्दो प्रयास गर्दै आएको भए पनि अबको थप उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगेको हुँदा देश–विदेशमा रहेका सहयोगी मनहरुलाई सहयोगको अपिल गरिरहेका छन् ।
सहयोगका लागी
सम्पर्क : ९७६५५६२७४६
राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बरः ११५०१०००४६८७२०१०
Discussion about this post