साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको थलुङ दुृधकोशी गाउँपालिकाले काठमाण्डौमा सुरु गरेको एकिकृत सेवा शिविरको दोश्रो दिन ५ सय ३९ जनाले सेवा लिएका छन् । शनिबारबाट काठमाण्डौमा सुरु भएको शिविरको पहिलो दिन हिजो करिव ४ सयले सेवा लिएका थिए भने दोश्रो दिन आइतबार ५ सय ३९ जनाले सेवा लिएका हुन् । ९ वटा वडा रहेको गाउँपालिकाले काठमाण्डौमा बसोबास गर्दै आइरहेका पालिकाबासीहरुको सहजताका लागी भनेर एकिकृत सेवा शिविरको आयोजना गरेको हो ।
शिविरको दोश्रो दिन आज वडा नम्बर १ नेलेका ८५ नागरिकले सेवा लिएका छन् यस्तै यता वडा नम्बर २ काङ्गेल ४१ जना, वडा नम्बर ३ पञ्चनका ३८ जना, वडा नम्बर ४ जुवुका २८ जना, वडा नम्बर ५ जुवुका १९ जना नागरिकले काठमाण्डौबाट सेवा लिएका छन् । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीका अनुसार वडा नम्बर ६ मुक्लीका ५९ जना नागरिकले सेवा लिएका छन् भने वडा नम्बर ७ देउसाका ४० जना, वडा नम्बर ८ देउसाका ५६ जना र वडा नम्बर ९ लोखिमका ५७ जना नागरिकले दोश्रो दिन सेवा लिएका छन् ।
गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको एकिकृत सेवा शिविरबाट आज १ सय १६ जनाले राष्ट्रिय परिचयपत्र लिएको जनाइएका छ । काठमाण्डौको नवदुर्गा पार्टी प्यालेसमा शनिबारबाट सुरु भएको सेवा शिविर गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको थियो ।
Discussion about this post