साउन ११, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ जुनबेसीले जिल्लामै पहिलो नागरिक वडापत्र पुस्तक सार्वजनीक गरेको छ । काठमाण्डौमा आयोजित एकिकृत सेवा शिविरको अवसरमा वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले उक्त पुस्तक सार्वजनीक गर्नुभएको हो । वडाबाट प्रवाहित हुने सेवा र कामको बारेमा नागरिकलाई स्पष्ट जानकारी नहुँदा सेवा प्रबाहमा हुने समस्यालाई मध्येनजर गर्दै वडाले आफ्नो वडा पत्र पुस्तक सार्वजनीक गरेको हो । वडापत्र पुस्तक कार्यालयबाट प्रवाह हुने स्म्पुर्ण सेवा र यस सम्बन्धीत जानकारी समेटेर निर्माण गरिएकोले यसले सेवाग्राहीलाई कागजात, शुल्क, प्रकृया लगायत सम्पुर्णको जानकारी दिन सहज हुने अध्यक्ष शेर्पाले बताउनुभयो । समग्रमा वडापत्र पुस्तकले सेवा प्रबाहलाई थप सहज बनाउन उहाँले बताउनुभयो ।
Discussion about this post