जेठ १९, सोलुखुम्बु । जिल्ला मालपोत कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको १० महिनामा २ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षकोे साउन महिना देखि बैशाख महिना सम्म २ करोड ७२ लाख ५ हजार ६ सय ९ रुपैँया राजश्व संकलन गरेको हो ।
जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार साउन महिनामा ३१ लाख २६ हजार ६ सय ९५ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै भदौ महिनामा २६ लाख १५ हजार ९ सय २१ रुपैयाँ, असोज महिनामा २३ लाख ७८ हजार ४ सय ६४ रुपैयाँ, कार्तिक महिनामा २० लाख ५९ हजार ४ सय ४३ रुपैयाँ र मंसिर महिनामा २९ लाख ८४ हजार २ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै पुष महिनामा २० लाख ९ हजार २ सय ९५ रुपैयाँ, माघ महिनामा २८ लाख ५६ हजार ५ सय ७० रुपैयाँ, फागुन महिनामा ३१ लाख ७९ हजार ८ सय ७३ रुपैयाँ, चैत्र महिनामा ३८ लाख २९ हजार १ सय ४३ रुपैयाँ र बैशाख महिनामा २१ लाख २८ हजार २ सय ७३ रुपैयाँ राजश्व संकलन गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।
दश महिनामा कार्यलयले पूँजीगत लाभकर बापत १ करोड ४ लाख ८ हजार ६ सय ५५ रुपैँया राजश्व संकलन गरिएको छ भने, घर जग्गा रजिष्ट्रेसन तथा अन्य शूल्क बापत १ करेड ५७ लाख ६३ हजार ९ सय ४७ रुपैँया राजश्व संकलन गरेको जिल्ला मालपोत कार्यालयका खरिदार सिताराम चौलागाईले जानकारी दिनुभयो ।
Discussion about this post