साउन १५, सोलुखुम्बु । खोटाङको केपीलासगढी गाउँपालिकाकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ३ बासपानीका रुद्र बहादुर राईकी श्रीमती ६२ वर्षीय कौशीला राईको भिरबाट लडेर ज्यान गएको हो । बुधबार दिउँसो ४ बजे घर बाट बाक्सीला बजार गएकी राई राती १ बजेर १५ मिनेटमा मृत फेला पेरकी हुन । राती अवेर सम्म घर नफर्किएपश्चात खोजतलास गर्दा गाउँपालिकाको वडा नम्बर ४ बाक्सीला स्थित विप्ले भिरबाट लडेर मृत्यु भइसकेको अवस्थामा उनलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । वडा नम्बर ३ बासपानी जाने गोरेटो बाटोमा पर्ने उक्त भिरबाट करिव एक सय मिटर तल उनको शव भेटिएका जिलल प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभयो ।
Discussion about this post