Sunday, August 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

श्रावण १५, खिर खाने दिन ( यस्ताे छ खिर परम्परा नेपालमा )

Radio Everest by Radio Everest
July 31, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, साेलुखुम्बु ।  साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

यद्यपि राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई ‘खिर खाने दिन’ अर्थात् ‘खिर दिवस’का रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने दुग्ध विकास बोर्डले जनाएको छ । संस्कृत भाषामा ‘पायस’ भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ ।

राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैंसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताए । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

Previous Post

सोलुदुधकुण्डको ४ दिने एकिकृत सेवा शिविर ः ५ हजार बढीले लिए सेवा

Next Post

बासपानीकी राईको भिरबाट लडेर मृत्यु

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
Next Post
चिशंखुगढीमा भिरबाट लडेर एकको मृत्यु

बासपानीकी राईको भिरबाट लडेर मृत्यु

Discussion about this post

Everest Highlights

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly