साउन १६, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ स्थित बेंकर जङ्गलमा टिम्बुर टिप्न गएका एक युवकमाथि आज बिहान भालुले आक्रमण गरेको छ । स्थानीय ३३ वर्षीय लाक्पा तेन्जी तामाङलाई शुक्रबार बिहान करिब ९ बजे जङ्गलमा भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुले जनाएको छ । भालुको आक्रमणबाट तामाङको टाउको र हातमा गम्भीर चोट लागेको छ । उनलाई तत्काल उद्धार गरेर जम्फुटे अस्पताल पुर्याइएको र हाल उपचार भइरहेको छ ।
तामाङको अवस्था खतरामुक्त रहेको जनाइएका छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले स्थानीयलाई वन क्षेत्रतर्फ जानुअघि सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
Discussion about this post