साउन १६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाडौँमा प्रशासनिक शिविर सञ्चालन गर्ने भएको छ । स्थायी रूपमा महाकुलुङ गाउँपालिका भई विभिन्न कारणले काठमाडौँमा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गर्दै शिविर संचालन गर्न लागिएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै साउन ७ गते सम्पन्न कार्यपालिकाको निर्णय अनुसार कुलुङ शेर्वी किदुकको समन्वयमा उक्त शिविर सञ्चालन गरिने जानकारी दिएको छ ।
शिविर साउन २२ गतेदेखि २४ गतेसम्म गोकर्णेश्वर स्थित शेर्पा पार्टी प्यालेसमा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङले जानकारी दिनुभयो । शिविरबाट गाउँपालिका र मातहतका ५ वटै वडा कार्यालयहरूबाट प्रदान गरिने विभिन्न प्रशासनिक सेवाहरू प्रवाह गरिनेछ ।
गाउँपालिकाले काठमाडौँमा रहेका आफ्ना नागरिकलाई सेवा सहज बनाउने उद्देश्यले यस्तो पहल गरेको हो । ती सेवामा सिफारिस पत्र, जन्म–मृत्यु दर्ता, नागरिकता सम्बन्धी जानकारी, प्रमाणपत्र, अपांगता सिफारिसलगायतका सेवा उपलब्ध हुने जनाइएको छ ।
Discussion about this post