साउन १८, सोलुखुम्बु । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो पानी परेका क्षेत्रमा बाढी, पहिरो र डुवानको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
भक्तपुरको हनुमन्ते खोला, डोल्पाको ठूली भेरी नदी तथा रुकुमपश्चिमको ठूलो भेरी, म्याग्दीको म्याग्दी खोला, जाजरकोटको नलगाढ, सोलुखुम्बुको सोलु खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । यी नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र तथा होचा भागमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Discussion about this post