साउन १८, सोलुखुम्बु । माथिल्लो सोलु भनेर चिनिने जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले काठमाण्डौमा आयोजना गरेको शिविरको पहिलो दिन ९६ जनाले सेवा लिएका छन् । काठमाण्डौ स्थित चुच्चेपाटीमा गाउँपालिकाले आजबाट सञ्चालन गरेको एकीकृत सेवा शिविरमा सो सङ्ख्याका पालिकाबासीले सेवा लिएका हुन । उच्च हिमाली भेग र भौगोलिक विकटतालाइ हेरेर पालिकाले काठमाण्डौमा रहेका नागरिकका लागी सोही ठाउँमा गएर सेवा दिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो ।
शिविरको पहिलो दिन आज मात्रै ६२ जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण, २१ जनाले घटना दर्ता तथा १३ जनाले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । उहाँका अनुसार अनुसार उच्च हिमाली भेगमा अवस्थित गाउँसम्म वर्षायाममा प्रत्यक्ष सेवा पु¥याउन कठिन हुने भएकाले काठमाडौँमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकलाई सहजता प्रदान गर्न एकीकृत सेवा सुरु गरिएको हो । नागरिकको माग र आवश्यकताको आधारमा आगामी दिनमा पनि यस्ता सेवाहरू थप विस्तार गर्ने गाउँपालिकाले जनाएको छ ।
Discussion about this post