साउन १८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका स्थानीयले श्रमदान मार्फत गारेटोबाटो सरसफाइ गरेका छन् । स्थानीय नागरिकहरूको सकृयतामा विद्यालय र अस्पताल आवतजावत गर्ने पैदल बाटो सरसफाइ गरेका हुन । विद्यार्थीहरुलाई आवतजावत गर्न सहज होस भन्नाका लागी सरस्वती आधारभूत विद्यालय बाट दुधकौशीका माध्यमिक विद्यालय जाने तथा अस्पताल सम्म पुग्ने पैदल मार्गको सरसफाइ गरिएको स्थानीय अमित विकले बताउनुभयो । टोलमा बसोबास गर्ने नागरिकहरूको सहायतामा बाटो सरसफाइ गरिएको उहाँको भनाई छ । वर्षायामको समयमा सर्प तथा अन्य विषालु जीवहरूको जोखिम हुनका साथै सडकका कारण पैदल मार्ग उपेक्षामा परिरहेको अवस्थालाई हेरेर बाटो सरसफाइ अगाडि बढाइएको स्थानीय विकको भनाई छ । बाटो सरसफाइका लागी १७ जना टोलवासी खटिएका थिए ।
Discussion about this post