साउन १९, सोलुखुम्बु । खोटाङको केपीलासगढी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा ११ वर्षीय बालिकाको मृत्यु भएको छ । गएराती करिव ७ः३० तिर गाउँपालिकाको वडा नम्बर २ खार्तम्छा चोखानेमा भएको दुर्घटनाबाट पूर्ण बाहदुर राईको छोरी यर्मिया राईको मृत्यु भएको हो । बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका छन् । दुर्घटनाबाट घाइते भएका ३ बालिका सहित १ युवकलाई उपचारका लागी फेमिली केयर अस्पताल पुर्याइएकोमा यार्मियाको मृत्यु भएको जनाइएको हो । दुर्घटनाबाट खार्तम्छा चोखानेकै २६ वर्षिय जस कुमार राई, ११ वर्षीय समीक्षा राई र १० वर्षीय बालिका झरना राई रहेका छन् । घाइतेहरूको फेमिली केयर अस्पतालमा उपचार भइरहेको र मृतक यार्मियाको शवको कानुनी प्रकृया पुरा गरि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो । गाउँ टहल्नका लागी भन्दै चालक जसकुमारले ३ बालिकाहरूलाइ पछाडी राखेर माेटरसाइकल हाँकीरहेकाे दुर्ङटना भएकाे उहाँका भनाइ छ ।
Discussion about this post