साउन १९, सोलुखुम्बु । सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ का ३० बर्षिय सन्तोष तामाङलाई काठमाडौँबाट लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । आईतबार दिउँसो तारकेश्वर नगरपालिका–११ नेपालटारबाट नियन्त्रित लागुऔषध डाईजेपाम ५० एम्पुल, नोर्फिन ५४ एम्पुल र ट्रामाडोल ४० ट्याब्लेटसहित सोही ठाउँ डेरा गरी बस्ने तामाङलाई पक्राउ गरेको हो । प्रहरी प्रभाग नेपालटारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको जनाइएको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेका प्रहरी कार्यालयले जनाएको छ ।
Discussion about this post