साउन १९, सोलुखुम्बु । खोटाङको हलेसीबाट सिराहा तर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा १३ जना गम्भीर घाइते भएका छन् । हलेसी महादेव मन्दिर दर्शनका लागी आएका दर्शनार्थीहरू लिएर सिराहाको गोलबजार तर्फ हिँडेको विङ्गर भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएको जनाइएको छ । १८ जना सवार विङ्गर सोमबार विहान करिव ८ बजे हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ दौत्य खोलामा दुर्घटनामा परि सडकबाट करिव २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रदेश नम्बर २ ०१००१ ज ००५३ नम्बरको विङ्गर दुर्घटनाकाे कारण अनुसन्धानकै क्रममा रहेकाे र हाल घाइतेहरूलाई एम्बुलेन्स मार्फत उपचारको लागी पठाउने र उद्धार कार्य जारी रहेको कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो । घाइतेहरू मध्ये सिराहको नरहा गाउपालिका वडा नं. ५ बलुवा बस्ने अं. ३९ वर्षीय को रञ्जित यादव, सोही ठाउँकी ७० वर्षीय कुस्मवती यादव, राज यादव, रामशरण ठाकुर की श्रीमतीको पहिचान भएको छ भने अन्यको पहिचान हुन काँकी रहेको उहाँको भनाई छ । घाइतेहरूको उद्धारका लागी प्रहरीको सहयोगमा हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स मार्फत अस्पताल तर्फ पठाइएको जनाइएको छ । यो समाचार तयार पार्दा सम्म १८ मध्ये १३ घाइतेलाई उपचारमा पठाइसकिएको छ भने अन्य को अवस्थाबारे जानकारी लिने क्रम जारी छ ।
Discussion about this post