साउन १९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाण्डौमा सुरु गरेको छ । आज सोमबारबाट गाउँपालिकाले काठमाण्डौको नवदुर्गा पार्टी प्यालेस सुकेधारामा ३ दिने एकीकृत सेवा शिविरको आयोजना गरिएको हो । स्थायी बसोबास नेचासल्यान गाउँपालिकाका विभिन्न वडा भई हाल काठमाण्डौमा अस्थायी रुपमा बसोबास गरिरहेका नागरिकहरुका लागी भनेर गाउँपालिकाले सोमबार, मङ्गलबार र बुधबार ३ दिन काठमाण्डौबाटै प्रशासनिक कामहरू गर्ने गाउँपालिका अध्यक्ष धनजन राईले बताउनुभयो । उहाँले वर्षायामको समयमा विभिन्न कठिनाईहरुको सामना गरेर पालिका जानुपर्ने नागरिकको बाध्यता र खर्च बचतका लागी काठमाण्डौमै आएर सेवा प्रवाह गरिएको उल्लेख गर्नुभयो ।
विशेषगरि काठमाण्डौबाट सामान्य सिफारिस लिन पर्दा वडा जान/आउन कम्तीमा १४ हजार खर्च गर्नुपर्ने र त्यसरी जाँदा काठमाण्डौमा रहेका नागरिकहरूको कम्तिमापनि ५० लाख बढी खर्च हुनसक्ने आर्थिक पाटोलाई हेरेर पनि काठमाण्डौमा सरकार पुगेर सेवा दिएको उहाँको भनाई छ । फरक प्रुंगमा अध्यक्ष राईले गाउँपालिकाले विकास निर्माणका कामहरुलाई गति दिएको भएपनि विपक्षीहरुले त्यसलाइ दुष्प्रचार गरेको टिप्पणी गर्नुभएको थियो । यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मनत्री बलबहादुर केसीले नेचासल्यान गाउँपालिकाको नेतृत्वल् जनमैत्री काम गरेको आफुले महसुस गरेको उल्लेख गर्नुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष विना राईले काठमाण्डौमा विभिन्न परिस्थितिका कारण बसोबास गरिरहेका नागरिकहरूको सहजताका लागी शिविरको आयोजना गरिएको बताउनुभयो । आँगनको सरकारको रुपमा रहेको स्थानीय सरकारले नागरिकलाई आँगनमै सेवा पु¥याउनुपर्ने दायित्व बोध गर्दै सेवा शिविर सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँले चुनावताका उम्मेद्वारको रुपमा चुनावताका आफुहरुले गरेका प्रतिवद्धता जनप्रतिनिधी भइसकेपछि प्राथमिकताका साथ पुरा गरिरहेको दावी गर्नुभएको थियो । यता काङ्ग्रेस नेता प्रकाशसिंह कार्कीले पालिकाबासीलाई काठमाण्डौमै आएर गाउँपालिकाले दिएको सेवाको प्रसंशा गर्नुभयो ।
शिविरमा गाउँपालिकाका ५ वटै वडाबाट हुने प्रशासनिक कामहरू राष्ट्रिय परिचयपत्र वितरण तथा नवीकरण, सिफारिस, पञ्जिकरणका सेवाहरू, मालपोत तथा भुमिकरको तिरो लगायत विविध सेवा प्रदान भइरहेको प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो ।उहाँले निर्धारित ३ दिनमा सेवा प्रवाहको काम नसकिए १ दिन थप गरेर भएपनि काम गरिने उहाँको भनाई छ । शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत घिमिरे, ५ वटै वडाका अध्यक्ष एवं गाउँपालिकाका कर्मचारी र पालिकाका काठमाण्डौबाट नागरिकका उपस्थितिमा सम्पन्न गरिएको छ ।
Discussion about this post