साउन २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाण्डौमा सुरु गरेको सेवा शिविर ५ सय ७१ जनाले सेवा लिएका छन् । सोमबारबाट काठमाण्डौको नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको शिविरमा ५ सय ७१ जनाले सेवा लिएका हुन् । ५ वटा वडा रहेको गाउँपालिकाले काठमाण्डौमा विभिन्न प्रयोजनका लागी अस्थायी बसोबास गर्दै आइरहेका नागरिकहरुका लागी सुरु गरेको शिविको दोश्रो दिन सम्म सो संख्याका नागरिकले सेवा लिएका हुन । ३ दिन सञ्चालन हुने शिविरको दोश्रो दिन सम्म वडा नम्बर १ का ५५, वडा नम्बर २ का ७२ जना, वडा नम्बर ३ का ७८ जना, वडा नम्बर ४ का ५१ जना र वडा नम्बर ५ का ५५ जनाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।
Discussion about this post