साउन २१, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ । साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए । उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो ।
तर अवस्था जटिल देखिएपछि लगत्तै थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो । उपचारको क्रममा साउन बुधबार बिहान विहान ६ः३० बजे चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन् । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Discussion about this post