साउन २२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा करिब १८ लाख ७५ हजार रुपैयाँभन्दा बढी मुल्य बराबरको विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीको पहलमा उक्त सामग्रीहरू गाउँपालिकालाई उपलब्ध गराइएको हो । स्वास्थ्य मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेका कार्कीले आर्थिक वर्ष २०८१÷८२ मा प्रदेश सरकारमार्फत आवश्यक बजेट विनियोजन गरी स्वास्थ्य उपकरण खरिद तथा वितरण प्रक्रिया अघि बढाउनुभएको थियो ।
गाउँपालिकालाई हस्तान्तरण गरिएका सामग्रीहरूमा ७ लाख ६ हजार २ सय रुपैयाँ बराबरको यूएसजी मेसिन, ७३ हजार ७ सय ९९ रुपैयाँ ९९ पैसाको डेलिभरी बेड, १ लाख ४५ हजार ७ सय ७० रुपैयाँको ईसीजी मेसिन, दुई थान पल्स अक्सिमिटर (६९ हजार ६ सय ८ रुपैयाँ), ३५ हजार ४ सय रुपैयाँको इलेक्ट्रिक अटो क्लेभ, ३ हजार ३ सय ९० रुपैयाँको नेबुलाइजर मेसिन, ८ हजार ९ सय ६६ रुपैयाँ ५५ पैसाको स्ट्रेचर, ५ लाख ५३ हजार ७ सय रुपैयाँको बायोकेमिस्ट्री एनालाईजर फूल, १८ हजार ८ सय रुपैयाँको सेमि बायोकेमिस्ट्री एनालाईजर, र ९७ हजार ४ सय ४५ रुपैयाँको फिटल डप्लर मेसिन रहेको महाकुलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिनुभयो । मन्त्रालयको निर्देशनअनुसार विधिवत प्रक्रिया पुर्याएर वितरण गरिएको प्रमुख आचार्यको भनाई छ । यस कार्यले गाउँपालिकाको स्वास्थ्य सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।
Discussion about this post