साउन २६, साेलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाण्डौमा आफ्नो एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाले काठमाण्डौस्थित नवदुर्गा भेन्युमा आजबाट सुरु गरेको २ दिने सेवा शिविरको उद्घाटनमा नेपाल सरकारका रक्षामन्त्री एवं सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राईको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई तथा उपाध्यक्ष गौरव राई सहित ७ वटै वडाका अध्यक्षहरूको उपस्थितिमा २ दिने शिविर सुरु भएको हो ।
शिविर मार्फत गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता नवीकरण , मालपोत तथा भूमिकर सङ्कलन लगायत अन्य पञ्जिकरण सम्बन्धी सेवाहरू प्रदान गर्ने छ । शिविर उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाले काठमाण्डौमा रहेका नागरिकहरूले पालिका तथा वडा पुग्नुपर्दा भोग्नु पर्ने समस्यालाई मध्यनजर गरेर शिविरको आयोजना उल्लेख गर्नुभएको थियो । मालिकाबाट नागरिकले उत्साहपूर्वक सेवा लिइरहेको गाउँपालिका उपाध्यक्ष गौरव राईको भनाई छ । शिविरमा पालिकाका सबै वडाका सचिव तथा कर्मचारीहरू पुगेर सेवा प्रवाह गरिरहेका छन् ।
Discussion about this post