भदाै १६, साेलुखुम्बु । नेपालमा मनसुन सक्रिय रहेकाले विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति पनि वर्षाको क्रम जारी रहनेछ । महाशाखाका अनुसार दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ । अन्य पहाडी र तराई भूभागका थोरै स्थानमा पनि वर्षा पर्न सक्ने उल्लेख गरिएको छ। साथै, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ । त्यस्तै, आज राति पनि देशभर आकाश बदली रहने अनुमान गरिएको छ। सुदूरपश्चिमका धेरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय भूभाग तथा अन्य पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
Discussion about this post