भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रको वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सडक तथा बाटोछेउका अतिक्रमित स्थानहरूमा वृक्षरोपण तथा वृक्ष संरक्षण कार्य तीव्र गतिमा अघि बढाएको छ । नगर प्रहरीले नेतृत्व गरेको यस अभियानमा वातावरणसँग सम्बन्धित कार्यमा संलग्न कर्मचारीहरूको सक्रियता उल्लेखनीय रहँदै आएको छ ।
वृक्षरोपण मात्र नभई रोपिएका विरुवाहरूको संरक्षणका लागि ’ट्री प्रोटेक्शन नेट’ जडान गर्ने कार्यसमेत एकसाथ संचालन गरिएको छ । यसबाट नगरको दीर्घकालीन हरियाली र सौन्दर्य कायम राख्न थप टेवा पुग्ने विश्वास लिइएको छ । उक्त अभियानमा आर्थिक सहयोग प्रदान गर्दै साथ दिने संस्थाहरूमध्ये सोलु च्याम प्रमुख सहयोगीका रूपमा अगाडि आएको छ ।
सोलु च्यामको यो सहयोगप्रति सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले आभार व्यक्त गर्दै यसलाई नगरको वातावरणीय पहलप्रति गरिएको सकारात्मक योगदानका रूपमा मूल्याङ्कन गर्नुभयो ।
Discussion about this post