भदौ १८, सोलुखुम्बु । गत भदौ १५ गते थामेमा आएको बाढीले थङथिलो बनाएको जमिन भासिँदा ७ वटा घर पूर्ण रुपमा भत्किएका छन् । अविरल वर्षात पछि आएको थामे नदिले खुम्बु पासाङ्गल्हामु गाउँपालिका ५, थामे क्षेत्रमा धार परिवर्तन गरि जमिन कटान गर्दा बस्तीमा गएकाे पहिरोले ६ घर बगाएको थियाे । उक्त पहिरो बाट मङ्गलबार १ घर फेरी बगाएपछि सङ्ख्या ७ घर पुगेको छ । यसअघि ६ घर पूर्ण रुपमा भत्किएका थिए ।
यस्तै स्थानीय समुदायका अन्य ९ वटा घर पनि बस्न नमिल्ने अवस्थाका बनेका छन् । जोखिममा परेका घरको जमिन चिरा परेर बस्न नमिल्ने अवस्थामा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताउनुभयो । गत सालको साउन ३२ गते हिमताल फुटेर आएको बाढीका कारण क्षतविक्षत भएको थामेमा घाउ भरिन नपाई फेरी उठिबास बनाउने गरि पहिरोको डन्डा चलेको छ ।
धार परिवर्तन गरि जमिन कटान गरेको थामे खोलाले पहिरो निम्त्याउँदा थामे क्षेत्रमा सञ्चारसेवा, विद्युत आपुर्ति पुर्ण अवरूध्द्व भएकाे छ । बाढी पहिरोले विद्युतका केही पोल बगाइदिएका कारण अहिले थामे अन्धकारमा रहेको उहाँको भनाई छ । गाउँपालिकाबाट हुनुपर्ने आवश्यक सहयोग, राहत तथा पुनस्थापनाका कामहरू गाउँपालिकाले गरिरहेको पनि उहाँको भनाई छ । जोखिममा रहेका घरहरूको सामान सार्ने तथा अन्यत्र पुनस्थापना गर्ने कार्यमा नेपाली सेना तथा नेपाल प्रहरीको सहयोग मिलिरहेको पनि गाउँपालिकाले जनाएको छ ।
Discussion about this post