भदौ १९, सोलुखुम्बु । नेपाली कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति उम्मेदवार बनाउने भएको छ । खतिवडाले नै पार्टीले आफूलाई उक्त समितिको सभापतिमा अघि सार्ने निर्णय गर्न लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ’पहिला (राज्य व्यवस्था सुशासन समिति सभापतिबाट राजीनामा दिने बेला) नै उपयुक्त जिम्मेवारी दिने भनेको थियो पार्टीले । अब आज निर्णय गर्छ।’ राज्य व्यवस्था तथा सुशासन समिति सभापति बन्न ईश्वरी न्यौपानेले राजीनामा दिएपछि रिक्त भएको सुनुवाइ समिति सभापति पदका भोलि निर्वाचन हुँदैछ ।
अन्य दलले उम्मेदवारी नदिने भएकाले खतिवडा सर्वसम्मत सभापति बन्ने निश्चितजस्तै छ । निजामती सेवा विधेयकमा भएको छेड्खानीमा मुछिएर उनै खतिवडाले राजीनामा दिएपछि त्यहाँ न्यौपानेलाई ल्याएर खतिवडालाई सुनुवाइ समितिमा पठाएको हो ।
Discussion about this post