भदौ २३, सोलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी तथा तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर छ । यो समयमा पहिरो तथा गेग्रानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
Discussion about this post