भदौ २९, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सल्लेरीले सहुलियत पसल सुरु गर्ने भएको छ । आसन्न चाडपर्वलाई लक्षित गर्दै कम्पनीले सहुलियत खाद्य पसल सञ्चालन गर्ने भएको हो । कार्यालयले भाद्र ३० गतेबाट कार्तिक १० गते सम्म विभिन्न ३ खाले चामल सहुलियतमा विकृ गर्नेगरी खाद्य पसल सञ्चालनमा ल्याउन लागेको हो । कार्यालयका प्रमुख अमिताभ कुमार यादवका अनुसार कार्यालयले अरुवा सोना मन्सुली चामल भिटामिन युक्त फार्टिफाइडमा प्रतिकेजी ५ रुपैयाँ छुटमा विकृ गर्ने छ । यस्तै फोर्टिफाइड स्टिम जिरा मसिनोमा प्रतिकेजी ५ र स्टिम जिरा मसिनो समान्य पनि ५ रुपैयाँ प्रतिकेजी छुट दिइएको उहाँको भनाई छ । छुट पछि स्टीम जिरा मसिनोको २५ केजी युक्त प्रतिबोराको २१ सय २५ र अरुवा सोना मन्सुलीको प्रतिबोरा १४ सय ७५ रुपैयाँ पर्ने छ । छुट पसल पहिलो ५ सय क्विन्टलको कोटा मार्फत सञ्चालन हुने उहाँको भनाई छ ।
Discussion about this post