भदौ २९, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुका एक नेताले पदबाट राजीनामा दिएका छन् । जिल्लाका पुर्व उपसभापति रोहित पुडासैनीले पदबाट राजीनामा दिने भएका हुन । वर्तमान राजनितिक घटनाक्रमलाई हेरेर जिल्लामा पार्टीको सकृय राजनीतिबाट टाढा रहने निर्णय गरेको उहाँको भनाई छ । केन्द्रिय स्तरका नेताहरुलृ समेत असन्तुष्टि जनाउँदै राजीनामा दिन थालेपछि त्यसको प्रभाव जिल्ला स्तरीय राजनीतिमा पर्न थालेका छ । पार्टीका सभापति रवि लामिछानेले जेन जी आन्दोलनको गलत फाइदा उठाउँदै जेलबाट बाहिरिएपछि देशभर व्यपाक आलोचना भइरहेको छ । नेताहरुले त्यसको प्रभावले आफुहरुमा नागरिकका प्रस्न तेर्सिएको भन्दै नेताहरुले धमाधम राजीनामा दिइरहेका छन् । नेता पुडासैनीले पदबाट राजीनामा दिएको घोषणा गरिसकेको जानकारी गारउँदै केन्द्रिय कार्यालयमै गएर राजीनामा पत्र बुझाउने बताउनुभएको छ ।
Discussion about this post