भदौ २९, सोलुखुम्बु । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुले गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर ५ सय बढी पशुको कृतिम गर्भाधान गरेको छ । कार्यालयका प्रमुख भिमलाल तामाङका अनुसार, जिल्लास्थित डिस्पेन्सरी र स्थानीय तहमार्फत ५ सय १० वटा पशुको कृतिम गर्भाधान गरेको हो ।
उहाँका अनुसार डिस्पेन्सरीबाट १ सय १७ वटा र स्थानीय तहबाट ३ सय ९३ वटा पशुको कृतिम गर्भाधान गरिएको छ। जिल्लामा स्थानीय गाई १ सय १७ वटा, उन्नत गाई १ सय ८६ वटा, स्थानीय भैँसी १ सय ४४ वटा र उन्नत भैँसी ५३ वटा रहेका छन् ।
प्रमुख तामाङका अनुसार, जिल्लामा सडक सञ्जालको पहुँच अभाव, जनचेतनाको कमी तथा भौगोलिक कठिनाइका कारण लक्ष्यको तुलनामा करिब ५० प्रतिशत मात्र कृतिम गर्भाधान सम्भव भएको हो । उक्त केन्द्रले आगामी दिनहरुमा पशु सेवा विस्तारका लागि जनचेतनामूलक कार्यक्रम, तालिम तथा प्रविधिमा आधारित सेवाहरूलाई प्राथमिकता दिने जनाएको छ ।
Discussion about this post