जेठ २१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ लाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा वडालाई पुर्ण खोप सुनिश्चीत वडा घोषणा गर्दै वडा भित्रका ५० जना बालबालिकालाई खोप लगाई पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो । वडामा २ जना बालबालिकालाई खोप सुनिश्चित भएपछि पुर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको वडा अध्यक्ष पर्खिधन राईले जानकारी दिनुभयो ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
Discussion about this post