Friday, August 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पृथ्वी परिक्रमा गर्ने ग्रहहरु एकै ठाउँमा लामबद्ध

Radio Everest by Radio Everest
June 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २० सोलुखुम्बु । आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउनुभएको छ ।

ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताहरू बताउनुहुन्छ । उहाँहरूका अनुसार पृथ्वीको परिक्रमा गर्ने ग्रहहरूमध्येका चार ग्रह र चन्द्रमा एकै लहरमा आकाशमा पौडी खेल्न लामबद्ध भएर बसेझैँ गरी बसेको हेर्न पाइन्छ । यो दृश्य जुनसुकै बेला हेर्न पाइने होइन । खुला आकाशमा खुला आँखाले नै यो दृश्यावलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको उक्त समितिले यस विषयमा अध्ययन अवलोकन गरेपछि आमसर्वसाधारणलाई हेर्न अपिल गरेको छ ।

समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार बिहान ३ बजेपछि सूर्य उदाउनु अघिसम्म यो अनुपम दृश्य नेपालका जुनसुकै कुनाबाट हेर्न सकिन्छ । हेर्दाको अनुभव बताउँदै शर्माले भन्नुभयो, “सूर्य उदाउने पूर्व दिशातिर फर्केर १० डिग्रीदेखि ४५ डिग्रीसम्म माथि फर्केर हेर्दा वृहस्पति, शुक्र, मङ्गल र शनि ग्रह एउटै लहरमा पश्चिमतर्फ लर्केर बसेका हुन्छन् । बीचमा अर्ध चन्द्रमा तिनकै लहरमा मिसिएझैँ गरेर छेउ लागेर उभिएको हुन्छ ।” यसले माथिल्लो ब्रह्माण्ड नै पृथ्वीमा सयर गर्न आएको अनुभूति दिलाएको उहाँले सुनाउनुभयो ।

दुई दिनयता देखिन सुरु भएको ग्रहको समूह पृथ्वीको नजिक पर्न आउँदाको अवस्थामा देखिएको हो । शर्माले थप्नुभयो, “शुक्र निकै चम्किलो देखिन्छ, अनि मङ्गल केही रातो देखिन्छ, शनि र वृहस्पतिको दर्शन पनि अझ मजाले हेर्न सकिन्छ ।” एउटा ग्रहभन्दा अर्को ग्रह के कम भनेजस्तै परेडमा को पहिलो हुने अनौठो प्रतिस्पर्धामा ग्रहको समूह उत्रेको मनोरम दृश्यले अध्ययनकर्ताको ध्यान तानेको छ ।

यो कुनै समयको अन्तराल, कालखण्ड वा सामान्य अवस्थामा देखिने दृश्यावलोकन होइन । पृथ्वीलाई आधार मानेर परिक्रमा गर्ने ग्रहहरू पृथ्वीको एक कोणमा कुनै समयमा आइपुग्दा पृथ्वीको सतहबाट नजिक र खुला आँखाले देख्न सकिने भएको समितिले जनाएको छ । काठमाडौँबाट यी ग्रहहरूको अवलोकन गर्दा वायु तथा प्रकाश प्रदूषण न्यून रहेको स्थानबाट पूर्व–दक्षिण दिशाको ९० डिग्रीदेखि १४० डिग्री र उचाइ कोणमा १० डिग्रीदेखि ४५ डिग्रीको कोणमा खुला आँखाले अवलोकन गर्न सकिन्छ । समितिका अनुसार नेपालसहित पृथ्वीको दक्षिण र उत्तरी धु्रवमा रहेका भारत, चीन, पाकिस्तानलगायत देशका नागरिकले पनि खुला आँखाले ग्रहहरूको आकाशमा परेड खेल्न बसेको जस्तो अवस्थाको दृश्यावलोकन गर्न सक्नेछन् । समितिले ब्रह्माण्डको ग्रह नक्षत्रको अध्ययनका लागि नगरकोट र कीर्तिपुरमा टेलिस्कोपसहितको अध्ययन लामो समयदेखि गरिरहेको छ ।

सोही क्रममा यसअघि नै गरेको अध्ययनअनुसार वैशाखमा यो अनुपम दृश्यावलोकनको अवसर आउने अनुमान समितिले गरेको थियो । सोही अनुमान दुई दिन अघिदेखि साकार भएको कार्यकारी निर्देशक शर्माले बताउनुभयो । आकाशको यो अलौकिक दृश्य वैशाखभर देख्न सकिने भएकाले लाभ लिन पनि आमनागरिकलाई उहाँले अनुरोध गर्नुभयो ।

Previous Post

महाकुलुङको बुङ बन्यो पुर्ण खोप सुनिश्चीत वडा, ५० जनाले लगाए खोप

Next Post

सोलुमा प्राचीनकालमा बनेका १८ मानेको पुनः निर्माण

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly