जेठ २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १० भित्र पर्ने प्राचीनकालमा निर्माण भएका १८ वटा मानेको पुनः निर्माणको काम भइरहेको छ । पीके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको आयोजनामा ‘पीके पिक टाप्टिङ’ क्षेत्रभित्र रहेका १८ वटा पुराना तथा भत्किएका मानेहरुको पुनः निर्माण गरिने अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।
उहाँका अनुसार टाप्टिङका बासिन्दा, विदेशमा बस्ने सहयोगी नेपाली, स्थानीय उपभोक्ता समूह र पिके सोलुखुम्बु टाप्टिङ समाजको पहलमा मानेको पुनः निर्माण गर्न लागिएको हो । मानेको पुनः निर्माणका लागि सोलुदूधकुण्ड नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, भने नेपाल मगर बुद्ध सेवा समाज टाप्टिङको सहयोग समेत रहेको छ । उक्त कार्य एक महिनाभित्र सम्पूर्ण काम सकिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
Discussion about this post