असोज ६, सोलुखुम्बु । मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायुको प्रभावले आज पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।
दिउँसो र राति धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही ठाउँहरुमा, बाँकी पहाडी भूभागको थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका एक, दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
Discussion about this post