असोज ६, सोलुखुम्बु । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा निर्मित गोलन्जोर आधारभुत अस्पतालबाट सेवा सुरु भएको छ । एसीजी भिडियो एक्सरे सहित अन्य बिभिन्न सेवा गाउँबाटै प्रदान गर्ने गरि गाउँपालिकाले गोलन्जोरमै आधारभूत अस्पतालको अवधारणा अघि सारेकाे थियो । सोही अनुरूप अस्पतालको निर्माण सम्पन्न गरि सेवा सुरु गर्ने गरि गाउँपालिका अध्यक्ष शङ्कर राज बरालको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच अस्पतालको सेवा सुचारु गरिएको छ । अस्पतालबाट आपतकालीन बिरामी भर्ना सेवा देखी अन्य विभिन्न सेवाहरू एक्सरे, एसीजी, दन्त, सामान्य शल्यक्रिया लगायतका सेवा अव गोलन्जोरबाटै नागरिकले पाउने बताइएको छ । अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बराल सहित उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल सहित वडाअध्यक्षहरू कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post