सोलुखुम्बु, असोज ९ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ मा बिहीबार बिहान भीषण आगलागी भएको छ । समाजसेवी हरिचन्द्र राईको घरमा बिहान करिब ३ बजे आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
आगलागीको समयमा घरमा कोही पनि नभएको बताइएको छ । वडा अध्यक्ष एवं पालिका प्रवक्ता भोजराज कार्कीका अनुसार, आगलागीपछि तुरुन्तै मुक्लि प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ र थप अनुसन्धान जारी रहेको छ । आगलागीको कारण हालसम्म खुल्न नसकेको हुँदा सम्बन्धित निकायले सबै स्थानीयवासीलाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन् ।











Discussion about this post