असोज ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले चाढपर्व लक्षित बजार अनुगमन गरेको छ । उपभोक्ता अधिकार तथा स्वास्थ्यलाई मध्येनजर गर्दै गाउँपालिकाले मंगलबार पालिका केन्द्र स्थित बजारका पसल तथा होटलहको अनुगमन गरेको हो । गाउँपालिका उपाध्यक्ष विना राईको संयोजकत्वमा सम्पन्न बजार अनुगमनका क्रममा १३ हजार बराबरका सामाग्री बरामद गरि नष्ट समेत गरिएको छ । बजार क्षेत्रमा रहेका होटल तथा पसलबाट बरामद गरिएका सामाग्री जफत गरि नष्ट गरिएको छ । अनुगमन टोलीले विभिन्न पसलहरूमा राखिएका कस्मेटीक लगायत अन्य विभिन्न खाद्य सामग्री जफत गरि नष्ट गरेको छ । नेपालीहरुका मुख्य चाडपर्वहरु लाग्दै गर्दा बजारमा उउपलब्ध हुने रेडिमेड सामाग्रीहरुको गुणस्तर, म्याद जता विषयमा संवेदनसिल बन्खदै पालीकाले बजार बनुगमन अगाढी बढाइरहेको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो ।
 
			 
                                









 
                                
Discussion about this post