असाेज ८, साेलुखुम्बु । पर्यटन प्रवर्द्धन गर्न सोलुदुधकुण्ड नगरपालिकाले डेस्टिनेशन सोलुदुधकुण्ड नामक चित्र किताव विमोचन गरेको छ । नगरपालिकाका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको तस्वीर तथा जानकारी राखिएको चित्र किताब डेस्टिनेसन सोलुदुधकुण्ड नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले विमोचन गर्नुभएको हो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमबाट नगरक्षेत्र भित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको जानकारी सहित राखेर किताव प्रकाशन गर्ने निर्णय गरिएअनुसार हाल सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।
एक औपचारिक कार्यक्रम मार्फत नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपालिका क्षेत्रभित्रको पर्यटनको विकासका लागी विभिन्न कामहरु गरेको स्मरण गर्दै यो कितावले आगन्तुकहरुलाई त्यहाँ पु¥याउन सहयोग गर्ने बताउनुभएको छ । होटल व्यवसायीहरूलाई किताब वितरण गर्दै आगन्तुकहरूको आँखासम्म किताब पु¥याउनुपर्ने दायित्व होटल व्यवसायीहरुमा रेहेको र सो पर्यटकलाई गन्तव्य सम्म पु¥याउने वातावरण बनाउने दायित्व नगरपालिकाको रहेको उहाँको भनाई थियो ।
किताब विमोचन तथा वितरण एवं शुभकामना आदानप्रदान कार्यक्रममा नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष छोङ्वा शेर्पाले पर्यटन प्रवर्द्धन गर्नका लागी, पर्यटकहरूको आवागमन बढाउनका लागी प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको थियो । यस्तै वडा नम्बर ४ फाप्लुका अध्यक्ष युवास तामाङले पर्यटकहरूलाई नेपाली स्वादसँग परिचित बनाउनुपर्ने धाराणा राख्दै नेपाल आएका पर्यटकहरूले पिजा बर्गर भन्दा नेपाली स्वाद र स्थानीय परिकारहरू मन पराउने गरेको उल्लेख गर्नुभएको थियो यस्तै कार्यक्रममा बोल्दै नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले वर्तमान नगरपालिका सरकार र टिमले नगरको पर्यटन विकासका लागी महत्वपूर्ण र देखिने काम गरेको उल्लेख गर्नुभयो ।
यता वडा नम्बर ११ तिङ्लाका वडा अध्यक्ष टङ्क बहादुर कार्कीले नगरपालिका भित्रका हरेक पर्यटकीय तथा सांस्कृतिक क्षेत्रहरूलाई विकास गरि पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विशेष गरि आफ्नो वडा क्षेत्रभित्र रहेका गौरीटाप र टिम्बुरबोटेलाई विकास गर्न नगरपालिकाको तदारुकता आवश्यक रहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा बोल्दै होटल व्यवसायी तथा सरोकारवालाहरूले पर्यटन प्रवर्द्धन सँगै होटल तथा लज व्यवसायीहरूले आफ्नो क्षमता र व्यवस्थापनलाई बढाउनुपर्ने धारणा राखेका थिए । उक्त चित्र किताब फोटोग्राफर तथा लेखक भरतबन्धु थापाले तयार पार्नुभएको हो ।
 
			 
                                









 
                                
Discussion about this post