असोज ९, बिहिबार । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा स्थित एक निजी घरमा बिहिबार बिहान भीषण आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार आगलागी बिहान साढे ३ बजे हरिचन्द्र राईको दुई तले घरमा भएको हो ।
ढुङ्गा, माटो र टिनले बनेको उक्त घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । पीडित राईको परिवार हाल एक वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएको हुँदा आगलागीको समयमा घरमा कोही पनि थिएनन् । आगलागीपछि नजिकैको मुक्ली प्रहरी चौकीबाट प्रहरीको टोली तुरुन्तै घटनास्थलमा खटिएको थियो । हालसम्म आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
 
			 
                                









 
                                
Discussion about this post