असोज ९, सोलुखुम्बु । खाटाङ हिमाल आरोहणका लागी टोली प्रस्थान गरेको छ । स्विट्जरल्याण्ड, अष्ट्रेलीया तथा फ्रान्सको ४ सदस्यीय टोली हिमाल आरोहणका लागी त्यसतर्फ लागेको हो । ६ हजार ५ सय ४२ मिटर उचाईको खाटाङ हिमाल आरोहणका लागी दोश्रो प्रयास स्वरुप ओरोहीहरुको टोली त्यस तर्फ लागको हो । स्वीट्जरल्याण्डका आरोही सिल्मन सुप्पक सहित अन्य ३ जनाको टोली खाटाङ हिमाल आरोणका लागी प्रस्थान गरेको हो । यस अघि सन १९ सय ८२ मा उत्तरी माेहडाबाट यसअघि आरोहण गरिएको भन्ने जानकारी भएपनि उक्त आरोहण सफल भए वा नभएको भन्ने हाल सम्म पुष्टि भइनसकेको अवस्था भएपनि उनीहरू त्यसतर्फ लागेका हुन । उहाँहरू यस पटक दक्षिण मोहडा तर्फबाट आरोहण गर्न लागेको आरोही सिप्पकले बताउनुभयो । यस अघि केही पटक आरोहण गरिएको भनिएपनि प¥याप्त जानकारी नहुँदा केही चुनौतीहरू देखिने अवस्था रहेको भएपनि आफूहरू प्रयास भने गर्ने उहाँको भनाई छ । उक्त हिमाल सोलुदुधकुण्ड नगरपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सिमानामा पर्छ भने रोल्वालिङ हिमश्रीङखला अन्तर्गतको खाटाङ हिमाल हो ।











Discussion about this post