असाेज १६ ,साेलुखुम्बु । कोशीका ३ जिल्लामा बाढीको जोखिम रहेको जनाइएको छ । मनसुन आजबाट केही दिन थप सकृय हुने भएकाले कोशी प्रदेशका ३ हिमाली जिल्लामा बर्षात र बाढीको जोखिम रहने जनाइएको हो । जल तथा मौसम विज्ञान विभागले जारी गरेको बिशेष बुलेटीन अनुसार अवको ३ दिन देशका अधिकांस भुभागमा पानी पर्ने र जोखिम रहने जनाउँदै कोशीका ३ हिमाली जिल्ला ताप्तेजुङ, संखुवासभा, र सोलुखुम्बुमा बाढीको मध्यम जोखि रहने जानएको हो । यि जिल्लामा बहने साना तथा ठुला नदिहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले अद्यावधीक रहन विभागले सचेत गराएको छ । यि जिल्लाबाहेक महाशाखाको सूचना अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने सम्भावना छ ।
Discussion about this post