Thursday, October 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथाको फोहोर कोसेली बन्दै, १० हजार केजी फोहोर कलामा परिणत 

Radio Everest by Radio Everest
October 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १८, सोलुखुम्बु । सगरमाथाबाट सङ्कलन गरिएको फोहोरलाई कोशेलीमा परिणत गर्ने अभियान अन्तर्गत १० हजार केजी फोहोरलाई कोशेलीमा परिणत गरिएको छ । स्वीडेनी नागरिक टमी गुस्ताफ्सनको संस्था सगरमाथा नेक्स्टले हाल सम्म सगरमाथा क्षेत्रबाट सङ्कलन भएको १० हजार केजी धातुजन्य तथा प्लाष्टिकजन्य फोहोरलाई कलात्मक सामग्रीमा परिणत गरिसकेको हो ।  २०२२ देखी हाल सम्म सङ्कलन गरिएको ४० हजार केजी फोहोर मध्ये १० हजार केजी फोहोरलाई कोशेलीमा परिणत गरिएको जनाइएको छ ।

सन २०२२ मा क्यारी मि ब्याक नाम अभियान सञ्चालन गरेर फोहोरलाई कलात्मक कोशेलीमा परिणत गर्ने अभियान चलाइरहेका उनले २०१९ बाटै हरेक वर्ष पदयात्रामा जाने पर्यटकहरूलाई १ केजीका दरले फोहोर लुक्ला ल्याउने अभियानमा जोडदै आएका थिए  । टमीको संस्थाले सगरमाथा क्षेत्रको करिव १ लाख २५ हजार हेक्टर क्षेत्रफलमा सरसफाइ गर्दै आएको छ । सन् २०२२ देखि यताको तीन वर्षको अवधिमा यस अभियान अन्तर्गत सगरमाथा क्षेत्रबाट ४० हजार केजी फोहोर सङ्कलन भइसकेको छ । अहिले पनि सगरमाथा नेक्स्टले आरोहण सिजन सुरु भएसँगै यस अभियानमा जोडिन चाहाने पर्यटकलाई आह्वान गर्दै आएको छ ।  

सगरमाथा क्षेत्रको फोहोर सङ्कलनमा योगदान गर्न चाहनेहरूले यसको सदस्यता लिन वेबसाइटमा गएर आवेदन दिन सकिने जनाइएको छ ।  सङ्कलन भएको फोहोरबाट बनाइएको सामाग्रीहरू युरोप सहित विभिन्न देशका पर्यटकहरूले चिनो स्वरुप लिएर जाने गरेका छन् भने कतिपय अवस्थामा टमी आफैले युरोप लगेर प्रदर्शनमा राख्ने गरेका छन् । यसका अलावा ३ हजार ७ सय ७५ मिटरमा अवस्थित सगरमाथा नेक्स्ट आर्ट ग्यालरीमा पनि प्रदर्शनमा राखिने गरेको छ ।

 यसले गर्दा अभियानमा जोडिने सदस्य र कलाकारहरूको राम्रो आम्दानी हुनका साथै सगरमाथा क्षेत्रको अकुत फोहोर व्यवस्थापन हुने सम्भावना देखिएको छ ।  सन् १९८३ मा पहिलो पटक नेपाल आएका टमी १९८५ देखी भने निरन्तर खुम्बु क्षेत्रको भ्रमण गर्दै आइरहेका छन् ।  खुम्बुको सुन्दरतामा पर्यटकबाट उत्सर्जन हुने फोहोर क्यान्सर जस्तै भइसकेको महसुस गरि पछिल्लो ९ वर्ष यता सगरमाथा क्षेत्रको फोहोर सङ्कलन गर्न सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई सहयोग गर्दै आइरहेका छन् ।

Previous Post

साउन देखी असोज १० सम्म झण्डै ४ हजार पर्यटक आए सगरमाथा 

Next Post

काेशी सहित देशभरका काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी तीन दिनका लागि बन्द

Related Posts

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
0
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
0
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
0
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
0
Next Post
काेशी सहित देशभरका काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी तीन दिनका लागि बन्द

काेशी सहित देशभरका काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी तीन दिनका लागि बन्द

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

थुलुङ दुधकोशीमा ४१ हजार बराबरको अखाद्य वस्तु बरामद, पसल बन्द गरेर भागे व्यापारी

October 7, 2026
सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

सोलुखुम्बुका २२ सामुदायिक विद्यालयका ५८० विद्यार्थीलाई छात्रवृत्ति, दुई दिनमै सय विद्यार्थी लाभान्वित

October 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

सोलुखुम्बुका १४० विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति

October 8, 2026
लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

लुक्लामा बजार अनुगमन, ३ लाख २६ हजार रुपैयाँभन्दा बढीका अखाद्य वस्तु बरामद गरी नष्ट

October 8, 2026
गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

गोक्योबाट फर्कदा हराएका चिनियाँ पर्यटक मृत फेला, जटिल भूगोलबाट शव निकाल्न सफल

October 8, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly